अब सबै नेपालीले समृद्धिको दिशामा अघि बढ्न जोड दिनुपर्छः राष्ट्रियसभाका अध्यक्ष तिमल्सीना

छहारी संवाददाता
चैत्र ६, २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सीनाले अब सबै नेपालीको जोड नेपाललाई समृद्धिको दिशामा अघि बढाउनु रहेको बताएका छन् ।

तु खबर डटकमको दोश्रो वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका तिमल्सिनाले अब समृद्धिको विकल्प नरहेको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले धनी र गरिवको खाडल कम गर्दै समृद्धिको यात्रमा सबै मिलेर अघि बढनुपर्ने बताए । यो देशमा हाल तीन तहको सरकार रहेको भन्दै उनले सबै सरकारहरुले अब समृद्धिलाई प्रमुख एजेण्डा बनाएर काम गर्नुपर्नेमा जोड दिए ।

सांसदमा जुनसुकै विधेयक आएपनि त्यो समितिको छलफलपछि मात्र पास हुने भन्दै उनले सञ्चार सम्वन्धी विधेयक पनि छलफलपछि आएको बताए । अहिले नाकारत्मक मात्र कुरा मात्र सुन्ने बाँनी समेत भएको भन्दै उनले यस्तो वानीलाई कम गर्नुपर्ने बताए ।

पत्रकारिता क्षेत्रले पनि आफुमा समिक्षा गर्नुपर्ने जरुरी रहेको बताउँदै उनले पत्रकारिता जगत अझै जिम्मेवार हुनुपर्नेमा जोड दिए । आफुलाई रिस उठेको मान्छेलाई पत्रकारहरुले जे गर्दापनि हुन्छ भनेर समाचार संप्रेषण भयो भने त्यसको असर भएवह हुने उनले बताए ।

मीडियाको कारण कसैको भविष्य पनि बर्बाद हुन नदिनको लागि मिडियाकर्मीहरुनै सचेत हुनुपर्ने भन्दै उनले चौथो अंगले निकै गम्भिर ढंगबाट काम गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, रामचन्द्र राई, तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, तीन नंम्बर प्रदेशका प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्ट, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*