धुर्मु सुन्तीलीको जस्तो एकिकृत बस्ति प्रदेशका सबै जिल्लामा निर्माण गरिदै
तीन नंम्बर प्रदेशका १३ वटै जिल्लामा एकिृत बस्ति निर्माण गर्नका लागि तीन नंम्बर प्रदेश सरकार लागिपरेको छ ।
प्रदेश सरकारले सबैतिर छरिएर रहेका बिकट बस्तिहरुलाई एकिकृत गर्नका लागि सरकार गठन भए लगतै अबलोकनको काम सुरु गरेको हो ।
त्यही क्रममा अब अहिले भने प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले यस प्रदेशका एक सय १९ वटै स्थानिय तहहरुलाई आज पत्राचार गर्दै बाढि, पहिरोको अत्यन्तै जोखिममा रहेका र पुर्बाधार पु¥याउन अत्यन्तै समस्या बेहोर्दै आउका बस्तिलाई स्थान्तरण गर्दै एकिकृत बस्तिमा राख्नका लागि सुरुवात गर्न लागेको हो ।
चालु आर्थिक बर्षमा २० करोड रुपैयाँ छुट्याएर एकिकृत बस्ति निर्माणका लागि काम गर्न लागिएको तीन नंम्बर प्रैदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।
प्रदेश सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडानंम्बर १५ र १८ मा एकिकृत बस्ति निर्माणका लागि डिपीआर तयार गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । यसैगरी दोलखा जिल्लाको भिमेस्वर नगरपालिकामा निर्माण गर्न लागिएको एकिकृत बस्ति निर्माणका लागि सहयोग गर्ने गरी काम अगाढी बढाइएको छ ।
प्रकोपको जोखिममा परेका र छरिएर रहेका बिकट बस्तिहरु एकीकृत गर्नका लागि यस प्रदेशका एक सय १९ वटै स्थानिय तहहरुमा पत्राचार गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । अब सबै स्थानिय तहहरुले एकिकृत बस्ति निर्माण गनृका लागि चाहेमा प्रदेश सरकारले पठाएको फम भरेर पठाउनुपर्ने भएको छ ।







