पल्पसामा स्वदेशी उत्पादनका जुत्ताचप्पल १५ देखि ६० प्रतिशत छुटमा उपलब्ध
हेटौंडाको पल्पसा हलमा ६ दिनदेखि जारी जुत्ता चप्पल व्यापार मेलामा हरीब ५ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।
मेलामा स्देशी उत्पादन कम्पनि बिएफ डियर हिल सुज, रन सुज, कोशेली सुज, रोयल सुज, क्रसरोड सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज गरी सात वटा ब्राण्डका जुत्ता चप्पल बिक्रीमा राखिएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा तथा फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालको सहभागितामा फागुन २८ गतेबाट सुरु भएको मेला २० दिन सम्म सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिनु भएको छ ।
स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ जारी नेपाली मेलामा नयाँ डिजाइनका छालाजन्य जुत्ता चप्पलहरु १५ देखि ६० प्रतिशत सम्म छुटमा खरिद गर्न सकिनेछ । मेलामा जेन्स तथा लेडिज चप्पल र जुत्ता, पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेज सुज, हवाई चप्पल, डिएमएस जुत्ता, बेल्ट लगायतका छालाजन्य उत्पादनहरु राखिएको छ ।
नेपाली उपभोक्तालाई स्वदेशी ब्राण्ड प्रति माया र स्वदेशी ब्राण्ड प्रयोग गर्ने बानी बसाउने उदेस्यले मेला आयोजना गरिएको मकवानपु् उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताएउनु भयो ।







