१०३ किलो लागू औषध गाँजा सहित एक बोलेरो चालक पक्राउ

छहारी संवाददाता
चैत्र ५, २०७५

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १०३ किलो लागू औषध गाँजासहित बोलेरो चालकलाई पक्राउ गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउपालिका ९ का २४ वर्षिय पुर्ण बहादुर थिङलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

प्रदेश तीनको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्रहरी निरिक्षक पवन कुमार झाको कमान्डमा खटिएको टोलिले राक्सिराङ ५ स्थित बिर्खे खोलामा मनहरी आउदै गरेको ग १ ज ७२१९ नम्बरको बोलेरोलाई चेकजाँच गर्दा १०३ किलो लागु औषध गाँजा फेला पारेको हो ।

बिशेष सुचनाको आधारमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा, बोलेरो र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका थिङलाई आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको र उनलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना  र सवारी साधन समेत जफत हुने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*