हेटौंडाको फरेस्टी क्याम्पसको खेल मैदानमा चैत्र ७ गतेबाट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हुने

छहारी संवाददाता
चैत्र ५, २०७५

जिल्ला फुटबल संघ मकवानपुरले यहि चैत्र ७ गतेबाट हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

न्युज क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी प्रतियोगितामा मकवानपुरको घरेलु टोली र विदेशी टिम क्लब दाउफिन्स क्यामरुन तथा थ्रीस्टार, आर्मी, प्रहरी, सशस्त्र प्रहरी, हिमालयन शेर्पा, च्यासल, सरस्वती र मच्छिन्द्र क्लबले सहभागिता जनाउने जानकारी दिईएको हो ।

प्रतियोगिताका विजेताले ८ लाख, उपविजेताले ४ लाख नगद प्राप्त गर्नेछन् भने भने उत्कृष्ट खेलाडीले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने प्रतियोगितामा  चैत्र १६ गतेसम्म संचालन हुनेछ । प्रतियोगिता गर्न करीब ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिर्एको छ ।

दर्शकहरुक बस्न बाँसको प्याराफिट निर्माको काम पनि सकिएको छ । मकवानपुरमा २०६४ सालमा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*