मकवानपुरबाट गाँजा र भरुवा बन्दुकसहित पक्राउ परेका ५ जना सार्वजनिक

छहारी संवाददाता
चैत्र ५, २०७५

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र भरुवा बन्दुकसहित ५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रहरी निरीक्षक पवन कुमार झाको कमाण्डमा खटिको प्रहरी टोलीले हेटौँडाबाट गाँजासहित ३ जना र राक्सिराङ गाउँपालिकाबाट गाँजा र बन्दुकसहित २ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कार रातोमाटेमा चेकजाँच गर्दा ४५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा भारतको बिहार भगलपुरका विष्णकुमार शाह, रेणुदेवी र अहमद गुल्जार रहेका छन् ।

यस्तै प्रहीले राक्सिराङ ७ का सर्गलाल प्रजाको घरबाट लागूऔषध गाँजा ७८ किलो र एक थान भरुवा बन्दुक बरामद गरेको जानकारी दिएको हो ।

प्रजाको घर खानतलासी गर्ने क्रममा व्याट्री तीन थान, बारुद र एकरोल पटका समेत बरामद गरेको जनाएको छ । साथै स्थानीय चन्द्रबहादुर चेपाङको घरबाट ६१ किलो गाँजा र एकथान भरुवा बन्दुक प्रहरीले बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*