होली पर्व सभ्य शान्त र मर्यादित रुपले मनाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपिल

जिल्ला प्रहरी कार्यालय मकवानपुरले रङ्गहरुको पर्व होलीका अवसरमा सम्पूर्ण जिल्लाबासीमा शुभकामना दिँदै होली पर्वलाई सभ्य शान्त र मर्यादित रुपले मनाउन अपिल पनि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले होली मनाउने निहुँमा सामाजिक शान्ति र सद्भावलाई खलल पार्ने खालका गतिबिधी नगर्न, मादक पदार्थ, लागू औषध लगायतका अन्य नशालु पदार्थको प्रयोग नगर्न, अमर्यादित तवरले सवारीसाधन नचलाउन र ट्राफिक नियमको पुर्ण पालना गर्न सबैलाइ सचेत पनि गराएको छ ।
साथै कसैलाई पनि जबर्जस्ती अवीर र रङ्ग दल्ने एवं छ्याप्ने कार्य नगर्न र प्लास्टिक जन्य लोला हान्ने फोहोर पानी र हिलो, मोबिल एवं अन्य हानिकारक चिजबस्तु नखेल्न समेत सचेत गराएको छ ।
कसैको इच्छा विपरित जुनसुकै कार्य गर्दा कानुन उलङघन हुने भन्दै जिल्ला प्रहरी कार्यालयले कानुन उलङघन गर्नेलाई कानुन बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ ।
महिला बालबालिका लगायत बाटोमा हिड्ने यात्रुलाई अनाबश्यक दुख, हैरानि एवं कष्ट दिने कार्य तथा अन्य असमाजिक गैर कानुनि कार्य नगर्न, आफुले रमाईलो गर्दा अरुलाई खराव असर पर्ने कार्य नगर्न पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सचेत गराएक्ँे छ ।







