तीनताप्केमा जिर्ण भएको सडक चैत्र १० गतेसम्म बनाउन् सहमती

छहारी संवाददाता
चैत्र ४, २०७५

जिर्ण भएको सडक मर्मतमा चासो नदिएको र भएको सहमती कार्यन्व्यन नभएको भन्दै पुर्व पश्चिम राजमार्गको हेटौंडा उपमहागरपालिका वडा नं ३ र १९ को सीमानामा पर्ने तीनताप्केमा स्थानीयहरुले अवरुद्ध पारेको सडक सहमति पछि खुलेको छ । 

आईतबार पनि दैनिक पानि हाल्ने र चैत १० गतेबाट सडक बनाउने काम सुरु गर्ने सहमतिपछी अवरुद्ध सडक संचालनमा आएको छ  । अवरुद्ध पुर्व पश्चिम राजमार्ग खुलाउन प्रहरीले लागि प्रहरीले लाठीचार्ज गर्नु परेको थियो ।

पुस २८ गते पनि लेवटस्थित राजमार्गमा १ सय मिटर जति क्षेत्रमा कालोपत्रे नहुँदा दुर्घटनाको जोखिम बढेको र धुलोले जनजीवन प्रभावित भएको भन्दै स्थानीयले २ घण्टा सडक अवरुद्ध गरेका थिए ।

जसमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सागर रानाको टोलि, सडक कार्यालयका ईन्जिनियर विजय दराई र स्थानीयबीच १५ दिन सम्म सो क्षेत्रमा पानी हाल्ने र १५ दिनपछि कालोपत्रे शुरू गर्ने  सहमतिपछि बन्द सडक सुचारू भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*