हेटौंडा ५ पिप्लेमा स्वास्थ्य शिबीर
संजिवनि बचत तथा ऋण सहकारी संस्था हेटौंडाको आयोजानमा स्तन क्यान्सर, पाठेघर, सुगर सम्बन्धी रोगको स्वास्थ्य परिक्षणका लागि आज हेटौंडा ५ पिप्लेमा स्वास्थ्य शिबीर गरिएको छ ।
शिबीरको उध्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यस्ता खालका काममा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । स्वास्थ्यजस्तो संबेदन सिल क्षेत्रमा सबैको सहयोग आबस्यक रहेको मेयर महतले बताउनुभयो ।







