ईन्धनमा भएको अनियमितताका बिषयमा छानबिन प्रतिबेदन बुझाइयो

छहारी संवाददाता
चैत्र २, २०७५

प्रदेश तीनका सातवटै मन्त्रालय, प्रदेश सभा सचिबालय लगायतका क्षेत्रमा ईन्धनमा भएको अनियमितताका बिषयमा छानबिन गरेर प्रतिबेदन बुझाइएको छ ।

तीन नंम्बर प्रदेशको सार्बजनिक लेखा समितिले प्रदेश सरकारका मनत्रालयले ईन्धनका बिषयमा बाहिर समाचार आएपछी छानबिन गरेर समितिका सभापति न्युछे नारायण श्रेष्ठलाई प्रतिबेदन बुझाइएको हो ।

समितिले गत मंसिर ४ गते रमेश पौडेलको संयोजकत्वमा प्रदेश सदस्य रिता माझि, ओम घलान, देबकी श्रेष्ठ, जिवन ढंगोल सहितको समिति गठन गरेर छानबिन सुरु गरेको थियो ।

छानबिनपछी के रिपोर्ट तयार पारेर बुझाईयो भन्ने बिषयमा तत्काल बाहिर ल्याउनु भन्दा पनि पहिले सार्बजनिक लेखा समितिको बैठकपछी मात्र बाहिर ल्याउने समितिका सदस्य मुनु सिग्देलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*