कर्मचारीहरु स्थायी सरकार, मुलुक बनाउने प्रमुख भुमिका कर्मचारीहरु कै हुन्छः सभामुख सानुकुमार श्रेष्ठ

छहारी संवाददाता
चैत्र २, २०७५

प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठले कर्मचारीहरु स्थायी सरकार भएकाले मुलुकलाई राम्रो बनाउनका लागि प्रमुख भुमिका हुने बताउनु भएको छ ।

निजामती कर्मचारीहरुको आधिकारीक टे«डयुनियन केन्द्रीय कार्यसमितिको आयोजानमा प्रदेश ३ स्तरिय भेला एबम अन्तरकृया कार्यक्रमको आज हेटौंडामा उध्घाटन् गर्दै उहाँले नेपालको संबिधान मान्दिन भनेर कसैले पनि भन्न नसक्ने बताउनुभयो ।

अहिले पनि स्थानिय, प्रदेश र संघिय सरकारको द्धवन्द रहेको बताउनुभयो । कर्मचारी समायोजन गर्दा पुरानो संरचना भत्काएर नयाँ संरचना बन्दै गरेकाले बिरोध गर्नु नहुने सभामुख श्रेष्टले बताउनुभयो ।
कार्यक्रममा तीन नंम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालले सरकारको निति निर्माण गर्नका लागि प्राबिधिक रुपमा सहयोग गर्ने र निति नियक कार्यनयन गर्ने निकाय भनेको कर्मचारी प्रशाशन रहेको बताउनुभयो ।

कर्मचारी समायोजन अनिवार्य बिषय भएकाले यही अनुसार काम भएको बताउनुभयो । निजामती सेवामा दर्जालाई भन्दा पनि कामलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । अहिले कर्मचारी समायोजनमा मान्छेको ब्याबस्थापन गर्ने काम अत्यन्त चुनौतीपुर्ण रहेको उहाँको भनाई छ ।

कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक टे«डयुनियन केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले अहिले पनि निजामती कर्मचारीले काम गरेनन् भनेर सबैलाई एकै रुपमा आरोप लगाउने गरिएकोमा आपत्ति जनाउनुभयो ।

अहिले पनि निजामतीलाई रुपमान्तरण गर्न अली गारो भएको उहाँले बताउनुभयो । अहिलेको समयमा निजामती कर्मचारीलाइृ टुक्राउने र पहिचान मेटाउन खोजीएको उहाँको आरोप छ ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष भोलानाथ पोख्रेल, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरि रावल, आधिकारीक टे«डयुनियनका जिल्ला अध्यक्ष बिष्णु अर्याल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*