उपमहानगरपालिकाले तीन वटा स्वास्थ्य संस्था खोल्यो

हटियामा डाक्टर सहितको स्वास्यसंस्था, एचआईडी र मयुरधापमा स्वास्थ्य क्लीनिक / टोल–टोलमै डाक्टर सहितको स्वास्थय शिबीर पनि संचालन
छहारी संवाददाता
चैत्र २, २०७५

हरेक नागरिकलाई आफ्नो टोल र वडामा स्वास्थ्य सेवा पु¥याउने उदेस्यले स्वास्थ्य संस्थाहरु स्थापना गरिएको छ ।

शिक्षा क्षेत्रमा हेटौंडा निकै अगाढी बढीसकेकाले अब स्वास्थय क्षेत्रमा पनि अगाढी बढाउन लागिएको हो । हेटौंडा उपमहानगरपालिकाले हरेक नागरिकलाई वडा र टोल स्तरमानै प्राथमिक स्वास्थ्य उपचार गर्ने उदेस्यले एक बर्षको बिचमा हेटौंडाका तीन स्थानमा स्वास्थ्य केन्द्र नयाँ स्थापना गरेर सेवा दिन सुरु गरिएको छ ।

हेटौंडा १७ हटियामा एक जना डाक्टर सहित ७ जना स्वास्थ्यकर्मीहरुलाई राखेर यस क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारको सेवा दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।
शहरी स्वास्थ्य प्रबर्दन केन्द्र नाम राखेर नयाँ भवन निर्माणपछी स्वास्थ्य सेवा सुरु गरिएको हो ।

हटियामा प्रयोगसाला सहित स्थापना गरेर दिसा, पिसाब, रगत समेत जाँच गरेर उपचार गरिदै आएको छ । त्यसैगरी हेटौंडा १४ मा वडा कार्यालय संगै दुईजना स्वास्थ्यकर्मीहरु राखेर उपचार गर्न सुरु गरिएको छ ।

हेटौंडा ९ मा पनि वडा कार्यालय संगै शहरी स्वास्थ्य क्ल्नीक स्थापना गरेर दुईजना स्वास्थ्यकर्मी राखेर उपचार दिन सुरु गरिएको हो । कुनैपनि नागरिकहरु सामान्य खालका बिरामी पर्दा आफ्नै टोल र वडामा स्वास्थ्य उपचार गर्नका लागि सहज होस भन्ने उदेस्यले शहरी स्वास्थ्य संस्थाहरु स्थापना गरिएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य साखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो ।

उपमहानगर मातहत अब नौ वटा स्वास्थ्य संस्थाहरु संचालनमा आएका छन् । पहिलेनै स्थापना भएका र उपमहानगरपालिका मातहतमा ६ वटा स्वास्थ्य संस्थाहरु आएका हुन् ।

हेटौंडाको ६, ७, ८, ११ र १९ नंम्बर वडामा  पहिलेदेखिनै स्वास्थ्य संस्थाहरु संचालनमा आएका थिए । तर अहिले नागरिकलाई आफ्नै टोलमानै स्वास्थ्य सेवा दिने उदेस्यले स्वास्थ्य संस्थाहरु स्थापना गरिएको मेयर महतले बताउनुभयो । यसैगरी पहिलेनै संचालनमा रहेका हेटौंडा १५ र १७ मा संचालनमा रहेका आयुरबेदीक औषधालय पनि उपमहानगरपालिका मातहतमा आएका छन् ।

स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रलाई बढी प्राथमिकता दिने उदेस्यले स्वास्थ्य संस्थाहरु स्थापना गरेर उपचार संगै टोल टोलमा गएर महिलाहरुका बिभीन्न रोगको उपचार गरेर औषधि पनि बितरण गरिएको छ । चालु आर्थिक बर्षको एक महािनको अबधिमा मात्र हेटौंडा उपमहानगरपालिकाले हेटौंडाका पाँच स्थानमा डाक्टर सहितको शिबीर संचालन गरेको छ ।

हेटौंडा १८ हर्नामाडी, हेटौंडा १७ हटिया, हेटौंडा १५ चुरीयामाई, हेटौंडा १२ पदमपोखरी, हेटौंडा १४ मयुरधापमा महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर लगायत प्रजनन् स्वास्थ्य शिबीर संचालन गरिएको मेयर महतले बताउनुभयो ।

हेटौंडामानै घर भएपनि बषौअघिदेखि आफ्ना स्वास्थ्य उपचार नगराईकन रोगले थलिएर बसेका एक हजार २ सय जना महिलाहरुको टोल टोलमा गएर स्वास्थ्य उपचार गरिएको स्वास्थ्य साखाका प्रमुख कार्कीले जनाकारी दिनुभयो ।

उपमहानगरपालिकाले नेपाल नर्सीङक संग आबद्ध नर्षहरु, डाक्टर सहित लगेर महिलाहरुको पचार गरिएको हो । पाँचै स्थानको शिबीरबाट उपचार गर्नुका सार्थ औषधि समेत बितरण गरिएको थियो । आफ्नै टोलमा आएर स्वाथ्य शिबीर राखेर उपचार गरिएकोमा धेरै महिलाहरु खुसी समेत भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*