नेपाल बन्द अपडेटः प्रहरीले काभ्रेको पनौतीबाट आएको बिवाहको बस र केहि ट्रक स्कटिङ गरी रौतहटको चन्द्रनिगाहपुर लाँदै (फोटो फिचर)
नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा सामान्य परेको छ ।
बन्दका कारण लामो दुरीका सवारी साधन नचेले पनि छोटो दुरीका साधन संचालन भइरहेका छन् । प्हरीले स्कटिङ गरी लामो दुरीका सवारी साधन गन्तव्यमा पुर्याउने काम पनि गरिर हेको छ ।
यसै क्रममा काभ्रेको पनौतीबाट आएको ३ ओटा बिवाहको बसका साथै केहि ट्रकहरु स्कटिङ गरी रौतहटको चन्द्रनिगाहपुर तर्फ लगेको छ । हेटौँडाको मुख्य बजारका पसलहरु बन्द रहे पनि मेडिकलहरु भने खुल्ला छन् ।
यद्यपी जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । सामुदायीक विद्यालयका कक्षा ४, ५, ६, ७ र ९ को नगर स्तरीय परीक्ष समेत स्थगित भएको छ ।
सरकारले आफना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको आफना कार्यकर्ता केन्द्रीत अप्रेशन र प्रहरी दमन गरेको भन्दै विप्लब नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो ।
मकवानपुरको हेटौँडा १९ बस्तीपुरमा ट्रकक माथी ढुंगा प्रहार हुँदा चालक घाईते भएका छन् । आज विहान हेटौँडा आउदै गरेको ना ६ ख ७३६९ नंबरको ट्रकमा ढुंगा प्रहार हुँदा सिसा फुटेर चालक हेटौँडा कर्राका युवराज सुवेदी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । सुबेदी सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।
यस्तै दामन सडक खण्डमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रकमा समेत अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । केहि व्यक्तिहरुले ट्रकमा रहेका तीन जनालाई ओरालेर आगजनी गरिएको बुझिएको छ ।
यस्तै हेटौडा ९ पशुपतिनगरमा रहेको शान्ति वनस्पती उद्योगको अगाडी सडकमा फेला परेको बिस्फोटक पदार्थ कालीप्रसाद गण भैसेको नेपाली सेनाको टोलीले डिस्पोज गरेकोे छ । सडकमा शंकास्पद बस्तु देखिएपछि सर्वसाधारणमा त्रास फैलिएको थियो ।







