नेपाल बन्दले जनजीवन प्रभावित, बस्तीपुरमा ट्रकमाथी ढुंगा प्रहार, दामन सडक खण्डमा ट्रकमा आगजनी
मकवानपुरको हेटौँडा १९ बस्तीपुरमा ट्रकक माथी ढुंगा प्रहार हुँदा चालक घाईते भएका छन् ।
आज विहान हेटौँडा आउदै गरेको ना ६ ख ७३६९ नंबरको ट्रकमा ढुंगा प्रहार हुँदा सिसा फुटेर चालक हेटौँडा कर्राका युवराज सुवेदी सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सुबेदी सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।
यस्तै दामन सडक खण्डमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना ५ ख ७४११ नम्बरको ट्रकमा समेत अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । केहि व्यक्तिहरुले ट्रकमा रहेका तीन जनालाई ओरालेर आगजनी गरिएको बुझिएको छ ।
यसैबीच विप्लब नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । बन्दका कारण सम्पूर्ण लामो दुरीका यातायात सेवा ठप्प भएका छन् भने हेटौँडाको मुख्य बजार पनि बन्द भएको छ । छोटो दुरीका सवारी साधन भने फाटपुट्ट चलेका छन् ।
जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । सामुदायीक विद्यालयका कक्षा ४, ५, ६, ७ र ९ को नगर स्तरीय परीक्ष समेत स्थगित भएको छ ।
सरकारले आफना कार्यकर्ता पक्राउ गरी झुटा मुद्दा लगाएको आफना कार्यकर्ता केन्द्रीत अप्रेशन र प्रहरी दमन गरेको भन्दै विप्लब नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो ।







