पल्पसामा जारी जुत्ता चप्पल व्यापार मेलाको पहिलो दिन नै खरिद गर्नेको उल्लेख्य उपस्थिती (फोटो फिचर)

छहारी संवाददाता
फाल्गुन ३०, २०७५

हेटौडाको पल्पसा हलमा आजबाट प्रदेश स्तरीय मकवानपुर जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ तथा फुडवेयर यसोशियसनको संयुक्त आयोजनामा सुरु भएको मेला २० दिनसम्म चल्नेछ ।

मेलामा निशुल्क प्रवेश गर्न पाइनेछ । मेलाको पहिलो दिन नै उल्लेख्य रुपमा जुत्ता चप्पल खरिद गर्नेहरुको उपस्थिती रहेको थियो ।

‘स्वदेशी वस्तुको प्रवर्दन हाम्रो अभियान ’ भन्ने मुल नाराकासाथ आयोजना गरिएको मेलामा देशभरका ७ ओटा जुत्ता चप्पल उत्पादन कम्पनीका स्टल रहका छन् ।

आयोजकले मेलामा जुत्ता चप्पल गुणस्तरीय रहने विश्वास दिलाएको छ भने उपभोक्ताले १५ देखि ६० प्रतिशतसम्म जुत्ता चप्पल खरिदमा छुट पाउने आयोजकले दाबी गरेको छ । मेला राखिएका जुत्ता खरिदमा ६ महिनाको वारेन्टी समेत पाइने छ ।

मेलामा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु (पर्स, बेल्ट लगायत) पनि रहनेछ । नयाँ शैक्षिक वर्ष सुरु हुन लागेकाले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्री समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

करीब मा २ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेलामा साढे २ करोडको कारोबार हुने आयोजकले अपेक्षा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*