पल्पसामा जारी जुत्ता चप्पल व्यापार मेलाको पहिलो दिन नै खरिद गर्नेको उल्लेख्य उपस्थिती फोटो फिचर
हेटौडाको पल्पसा हलमा आजबाट प्रदेश स्तरीय मकवानपुर जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ तथा फुडवेयर यसोशियसनको संयुक्त आयोजनामा सुरु भएको मेला २० दिनसम्म चल्नेछ ।
मेलामा निशुल्क प्रवेश गर्न पाइनेछ । मेलाको पहिलो दिन नै उल्लेख्य रुपमा जुत्ता चप्पल खरिद गर्नेहरुको उपस्थिती रहेको थियो ।
‘स्वदेशी वस्तुको प्रवर्दन हाम्रो अभियान ’ भन्ने मुल नाराकासाथ आयोजना गरिएको मेलामा देशभरका ७ ओटा जुत्ता चप्पल उत्पादन कम्पनीका स्टल रहका छन् ।
आयोजकले मेलामा जुत्ता चप्पल गुणस्तरीय रहने विश्वास दिलाएको छ भने उपभोक्ताले १५ देखि ६० प्रतिशतसम्म जुत्ता चप्पल खरिदमा छुट पाउने आयोजकले दाबी गरेको छ । मेला राखिएका जुत्ता खरिदमा ६ महिनाको वारेन्टी समेत पाइने छ ।
मेलामा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु ९पर्स, बेल्ट लगायत० पनि रहनेछ । नयाँ शैक्षिक वर्ष सुरु हुन लागेकाले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्री समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
करीब मा २ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेलामा साढे २ करोडको कारोबार हुने आयोजकले अपेक्षा राखेको छ ।







