बिद्यालय सुरक्षा सम्बन्धी प्रदेश स्तरिय कार्यक्रम हेटौडमा
बिद्यालय सबै तर्फबाट सुरक्षित हुनुपर्ने आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
शिक्षा विकास निर्देशनालय प्रदेश तीन हेटौंडाको आयोजनामा बृहत बिद्यालय सुरक्षा सम्बन्धी प्रदेश स्तरिय कार्यक्रमको आज उद्घाटनमा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक दिनेश कुमार श्रेष्ठले बाढी, पहिरो र भुकम्पको जोखिमबाट बिद्यालयलाई ढाटै राख्नुपर्ने बताउनुभयो । अबका दिनहरुमा स्थानिय सरकारले बिद्यालयलाई बढी चासो दिनुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले भुकम्पमा ढलेका बिद्यालयहरु अझै निर्माण नहुँदा बिद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य भएको बताउनुभयो । बिद्यालय संबेदनसिल क्षेत्र भएकाले सबैखालका सुरक्षा अपनाईनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय हेटौंडाका उपसचिब शम्भुप्रसाद पौडेल, राष्ट्रिय जोखिम न्युनीकरण केन्द्रका निर्देशक स्याम सुन्दर ज्ञवाली लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।







