बिहिबार देखि धनगढीमा प्रथम मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगिता हुने

सामाजिक विकास मन्त्रालयका सचिब लोकनाथ पौडेलद्धारा खेलाडीहरुको आज बिदायी
छहारी संवाददाता
फाल्गुन ३०, २०७५

भोलीदेखि धनगढीमा संचालन हुने प्रथम मुख्यमन्त्री अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने प्रदेश तीनका सबै खेलाडीहरुलाई आज बिदायी गरिएको छ ।

धनगढीमा तीन दिनसम्म संचालन हुने खेलकुद प्रतियोगितामा प्रदेश तीनबाट जाने ९२ जना खेलाडीहरुलाई आज प्रदेश तीनका सामाजिक विकास मन्त्रालयका सचिब लोकनाथ पौडेलले बिदायी गर्नुभयो ।

धनगढीमा भलिबल तर्फ महिला र पुरुष, फुटबलमा पुरुष मात्र, ब्याडमिन्टन तर्फ पुरुष र महिला खेलाडी सहभागि हुनका लागि त्यस तर्फ गएका हुन् ।

प्रतियोगितामा सामाजिक विकास मन्त्रालयको खेलकुद महाशाखाका अधिकृत दिपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकाश समितिका पुर्ब अध्यक्ष बालकृष्ण चौलागाई, सामाजिक विकास मन्त्री युवराज दुलालका स्वकिय सचिब सिपी दुलाल लगायत खेलाडीहरुसहित धनगढी प्रस्थान गर्नु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*