दिपक कालिराज हेटौँडा आईडलको उपाधी जित्न सफल

छहारी संवाददाता
फाल्गुन २९, २०७५

दिपक कालिराज राष्ट्रिय औद्योगिक व्यापार मेलामा भएको हेटौँडा आईडलको उपाधी जित्न सफल भएक छन् ।

पाँचजना प्रतिस्पर्धीलाई पराजित गर्दै कालिराजले हेटौँडा आईडलकोे उपाधि जितेका हुन् ।विजय लामा दोश्रो र शुसान शाही ठकुरी तेश्रो भएका छन् ।

आईडलको उपाधी जीत्न सफल कालिराजले नगद ३५ हजार नगद प्राप्त गरेका छन् भने ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट समेत प्राप्त गरेका छन् ।

यस्तै द्धितिय हुने लामाले २५ हजार नगद तथा ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट र तृतिय हुने ठकुरीले १५ हजार नगद सहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् ।

प्रथम हुनेलाई मेलामा स्टल राख्नेहरुले समेत जिन्सी सामान पुरस्कार प्रदान गरेका थिए । आईडललाई वोन ट्राभल्सले दुबाई जाने आउने टिकट समेत प्रदान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*