राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ करोड बराबरको कारोबारः मउवा संघ

छहारी संवाददाता
फाल्गुन २९, २०७५

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा गत फागुन १८ गतेदेखि हेटौंडाको क्याम्पा चौरमा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ५ करोड बराबरको कारोबार भएको छ ।

मंगलबार औपचारिह समापन गर्दै आयोकले १ लाख दर्शकले मेला अवलोकन गरेको जनाएको छ । यस पटकको मेलाको आम्दानीले संघले व्यवसायिक अतिथि भवन निर्माणमा खर्च गर्ने बताएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश ३ का प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बानियाँले समग्रमा मेला सफल भएको भन्दै आयोजकलाइ बधाइ पनि दिनुभयो ।

कार्यक्रममा प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामी, सन्त चेपाङ, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी,  नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपाने, नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, हेटौंडा ७ का वडा अध्यक्ष राजन थापा, हेटौंडा ५ का वडा अध्यक्ष राजेश बानियाँ, हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्का, मकवानपुर निर्माण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकाल लगायतको उपस्थिति रहेको थियो । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।

औपचारिक रुपमा मंगलबार मेला समापन भएपनि बुधबारसम्म मेला सञ्चालन हुने संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*