हेटौडाको पल्पसामा जुत्ता चप्पल व्यापार मेला सुरु, सामानको गुणस्तरियतामा ध्यान दिन उदोेगमन्त्री नेपालको निर्देशन

छहारी संवाददाता
फाल्गुन २९, २०७५

प्रदेश तीनका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्योगलाई विकासको प्राथमिकतामा राखिने बताउनु भएको छ ।

आजबाट हेटौडाको पल्पसा हलमा सुरु भएको प्रदेश स्तरीय मकवानपुर जुत्ता चप्पल व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री नेपालले स्थानीय रुपमा उपलब्ध हुने स्रोत साधनमा उद्योग सञ्चालन गर्न समेत जोड दिनुभयो ।

उहाँले विदेशी आयात रोक्न र स्वदेशी उत्पादन बढाएर देशको आर्थिक विकासमा जुट्न सबैसंग आग्रह गर्नुभयो । उहाँले मेलाको सफलताको शुभकामना दिँदै १५ सय दरका मात्र नभइ ५ हजारसम्म पर्ने जुत्ता उत्पादन गर्न समेत सुझाव दिनुभयो । तर उत्पादित सामानको गुणस्तरियतामा ध्यान दिन भने उहाँले उद्योगीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सहभागिहरुले स्वदेशी उतपादनलाई प्रोत्साहन दिइनु पर्नेमा जोड दिएका थिए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु अरुणराज सुमार्गी, केन्द्रिय सदस्य राज कुमार न्यौपाने, नेपाल फूट्वेयर एसोसियसनका अध्यक्ष बिस्नु कुमार फुँयाल, मेला संयोजक होमनाथ उपाध्याय लगायतकाको उपस्थिती रहेको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघ तथा फुडवेयर यसोशियसनको संयुक्त आयोजनामा सुरु भएको मेला २० दिनसम्म चल्नेछ । मेलामा प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ ।

‘स्वदेशी वस्तुको प्रवर्दन हाम्रो अभियान ’ भन्ने मुल नाराकासाथ आयोजना गरिएको मेलामा देशभरका ७ ओटा जुत्ता चप्पल उत्पादन कम्पनीका ६० वटा र अन्य स्थानीय पसलहरुको गरी करिब ८५ वटा स्टल रहने छ ।

आयोजकले मेलामा जुत्ता चप्पल गुणस्तरीय रहने विश्वास दिलाएको छ भने उपभोक्ताले १५ देखि ६० प्रतिशतसम्म जुत्ता चप्पल खरिदमा छुट पाउने आयोजकले दाबी गरेको छ ।

मेलामा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु (पर्स, बेल्ट लगायत) पनि रहनेछ । नयाँ शैक्षिक वर्ष सुरु हुन लागेकाले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्री समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*