दुबै खुट्टा गुमाएको १५ बर्षपछी हेटौंडा १२ पदमपोखरीका राजकुमारले पाए सहारा

दुबै खुट्टा गुमाएको १५ बर्षपछी हेटौंडा १२ पदमपोखरीका १८ बर्षिय राजकुमार घलानलेअब हिड्डुल गर्नका लागि सहारा पाएका छन् ।
घलानलाई आज हेटौंडा उपमहानगरपालिकाले ह्विल चियर सहयोग गरेपछि १५ बर्ष पछी उनले साहारा पाएका हुन् । उनलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ह्विल चियर हस्तान्तरण गर्नुभएको हो ।
घलान तीन बर्षको हुँदा दुबै गोढामा घाउ आएपछि काठमाण्डौमा उपचारको क्रममा दुबै गोढाको घुढा भन्दा तलको भाग काट्नु परेको थियो । गरिबि र असक्त भएका कारण घरबाहिर हिडडुल गर्नका लागि सजिलो होस भन्ने उदेस्यले ह्विल चियर सहयोग गरिएको मेयर महतले बताउनुभयो ।
सानै देखि दुबै खुट्टा गुमाएका कारण धेरै समस्या बेहोर्नुपरेको र अहिले आएर उपमहानगरपालिकाले साहारा दिएकोमा राजकुमारकी आमा दुदुमायाँ घलान खुशि हुनु भएके छ ।







