जन्तीबस दुर्घटनामा २ जनाको मृत्यु, १८ जना घाईते

मकवानपुरको गढीगाउँपालिका वडा नम्बर २ मा आज भएको जन्तीबस दुर्घटनामा २ जनाको मृत्यु भएको हो भने । १८ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा काभ्रे पाँचखाल लामिडाँडा घरभएका ३५ बर्षिय नबराज परियार र नुवाकोट घर भएका २५ बर्षिय बिकाश धमलाको मृत्यु भएको ससस्त्र प्रहरी गढ हेटौंडाका डिएसपी अमर खत्रिले बताउनुभयो । मृतकमध्य धमला गाढीबाट बाहिर सडकमा उछिटीएर र परियार बसभित्र नै च्यापिएर मृत्यु भएको हो ।
घाईते मध्ये १२ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा र ६ जनाको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंठा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना भएको हो ।
भत्तपुरबाट सूर्यप्रसाद न्यौपानेको बिहेको जन्ती लिएर हेटौंडा ५ पिप्लेमा दुलही अनुसा भट्टलाई लिन आउँदै थियो । घाईते भएका मध्यमा ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ ।







