दुर्घटनामा परी कांग्रेस मकवानपुरकी जिल्ला सदस्य ईन्दिरा न्यौपाने घाईते

मकवानपुरको थाहा नगरपालिका ३ शिखरकोट धारापानिमा आज भएको सवारी दुर्घटनामा नेपाली कांग्रेसकी जिल्ला सदस्य ईन्दिरा न्यौपाने घाईते हुनु भएको छ ।
हेटौडाबाट कैलाश गाउपालिकाको पकनी जाँदै गरेको ना २ ह ४४० नम्बरको अटो र थाहा नगरपालिका ३ स्थित बुद्दचोकबाट हेटौडा आउदै गरेको ना ३ ख ७४८ नम्बरको आईचर गाडि ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार हेटौडा ५ पिप्ले निवासि कांग्रेस जिल्ला सदस्य न्यौपाने घाइते हुनु भएको हो । उहाँको पालुङ स्वास्थ्य चौकिमा उपचार भईरहेको जील्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
न्यौपाने अपाङता सम्बन्धि कार्यक्रममा सरिक हुन जाँदै हुनुहुन्थ्यो ।







