राप्ती खोला बगरमा उत्खनन् गरिएका क्षेत्रको मेयर महतद्धारा अनुगमन
हेटौंडा उपमहानगरपालिका क्षेत्रको राप्ती खोला बगर क्षेत्रमा आईई गरी उत्खनन् गरिएका क्षेत्रको आज अनुगमन गरिएको छ ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा खोला क्षेत्रको अनुगमन गरिएको हो । आईई गरी ठेकेकदारले उत्खनन् गरि ढुङगा, गिट्टी बालुवा थुपारिएको क्षेत्रमा अनुगमन गरिएको हो । थुपारीएको स्टक समेत नापिएको छ ।
अनुगमनका क्रममा हेटौंडा हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपाने, वडा नंमबर ७ का अध्यक्ष राजन थापा लगायतकाको टोलीले अनुगमन गरिएको छ । मेयर महतको नेतृत्वमा हेटौंडाको रापतीखोलाको पुल देखि रजैयाँ सम्मको क्षेत्रमा अनुगमन गरिएको हो ।







