हेटौडाको पल्पसामा पर्सि २९ गतेदेखि २० दिन जुत्ता चप्पल व्यापार मेला हुँदै

छहारी संवाददाता
फाल्गुन २८, २०७५

प्रदेश तीनको राजधानी हेटौंडामा जुत्ता चप्पल व्यापार मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ तथा फुडवेयर यसोशियसनले यहि फागुन २९ गतेबाट २० दिनसम्म संयुक्त रुपमा मेला आयोजनामा गर्न लागेको हो ।

भोली अपरान्ह ४ बजे मेलाको उद्घाटन हनुेछ भने पूर्ण रुपमा २९ गतेदेखि मेला सुरु हुने मेला संयोजक होमनाथ उपाध्यायले आज पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको हो ।

हेटौंडा–२ पल्पसा हलमा हुने मेलामा देशभरका ७ वटा जुत्ता चप्पल उत्पादन कम्पनीका ६० वटा र अन्य स्थानीय पसलहरुको गरी करिब ८५ वटा स्टल रहने जनाइएको छ ।

उद्योग नै स्टल राख्ने गरी आएको बताउँदै आयोजकले मेलामा जुत्ता चप्पल गुणस्तरीय रहने विश्वास दिलाएको छ । मेलामा उपभोक्ताले १५ देखि ६० प्रतिशतसम्म जुत्ता चप्पल खरिदमा छुट पाउने आयोजकले जनाएको छ । मेलामा प्रवेश निःशुल्क रहेको पनि जनाइएको छ ।

यसअघि विराटनगरमा मेला आयोजना गरिएको र दोस्रो मेला हेटौंडामा गर्न लागिएको हो । मेलामा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु (पर्स, बेल्टलगायत) अवलोकन गर्न सकिनेछ ।

नयाँ शैक्षिक वर्ष सुरु हुन लागेकाले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्री समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*