२८ करोड १६ लाख लागतमा निर्माण हुँदै गरेको हेटौडा अस्पतालको मन्त्री दुलालद्धारा निरिक्षण (फोटो फिचर)

हेटौंडा अस्पतालको प्राङगनमा निर्माण हुँदै गरेको भवनको तीन नंम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले निरिक्षण गर्नुभएको छ ।
अहिले अस्पतालमा भवन अभावका कारण बिरामीले सास्ती भोग्दै आएपछी अस्पतालको ठुलो भवन निर्माण भईरहेको क्षेत्रको मन्त्री दुलालले निरिक्षण गर्नुभएको हो ।
कुल २८ करोड १६ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको अस्पतालको भवन निर्माण भईसकेपछी यसमा सेवा बिस्तार गर्नकाम लागि सजिलो हुने र बेढपनि थप्न सकिने भएकाले यसको काम छिटो सक्नका लागि निर्माण कम्पनिलाई उहाँले निर्देशन पनि दिनुभयो ।
अस्पताल प्राङकनमा रुख कटान गर्नका लागि पनि ढिलाई भएपछी नौ महिना ढिलोगरी काम सुरु गरिएको यस भवन बितेको कार्तिक महिनादेखि काम सुरु गरिएको हो । आशिश एण्ड डिएस ड्राईन भेन्चर कम्पनिले ठेक्का पाएपछी सुरु गरिएको काममा अहिले जग राख्ने काम भईरहेको छ ।
७० बेढको अस्पतालका लागि भनेर निर्माण गर्न लागिएको भवनमा ७ वटा ब्लक निर्माण हुनेछन् । सातवटा मध्यमा तीन वटा ब्लक ३ तलाको र अरु चारवटा ब्लक भने साढे दुईतलाको निर्माण गर्न लागिउको छ ।
३० महिनामा काम सक्नेगरी ठेक्का पाएको कम्पनिलाई समयमानै काम सक्नका लागि मन्त्री दुलालले निर्देशन दिनुभयो । अस्पतालको भवन भएकाले गुणस्तिरिय काममा कुनैपनि पनि कन्जुस्याई नगर्न पनि उहाँले निर्देशन दिनुभयो । भवन अभाबका कारण अहिले एमरजेन्सी सेवा, टिकट काट्ने स्थान अस्थायी रुपमा संचालन गरिएको छ ।







