प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले पनि मनायो श्रमिक महिला दिवस (फोटो फिचर)

छहारी संवाददाता
फाल्गुन २५, २०७५

१०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले हेटौंडामा प्रभातफेरी आयोजना गरेको छ ।

प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्री युवराज दुलाल सहितको नेतृत्वमा हेटौंडामा ¥याली निकालीएको हो ।

हेटौंडाको सिमाचोकबाट निकालीएको ¥यालीले बुद्धचोक, राप्तीरोड, जिल्ला प्रहरी कार्यालय, बाईपास रोड, बसपार्क हुँदै सामाजिक विकास मन्त्रालयमा गएर समापन गरिएको थियो ।

प्रहरीको ब्याण्डबाजा सहित भएको ¥यालीमा प्रदेश तीका सांसद मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, प्रदेश तीन प्रहरी कार्यालयका डिआईजी दिपकबहादुर थापा, अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव बिष्णु ओझा लगायत बिभीन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*