हेटौंडा उपमहानगरपालिकाले गर्यो कठिन श्रम क्षेत्रमा कार्यरत ४७ महिलालाइ सम्मान

छहारी संवाददाता
फाल्गुन २५, २०७५

हेटौंडा उपमहानगरपालिकाले १ सय ९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अबसर पारेर मकवानपुरका कठिन श्रम क्षेत्रमा कार्यरत महिलाहरुलाई नगद सहित सम्मान गरेको छ ।

दैनिक लेभर काम गर्ने, निर्माण क्षेत्रमा मिस्त्रीको काम गर्ने र सवारी चालकका रुपमा काम गर्दै आएका ४७ जना महिलालाई प्रमाणपत्र, दोसल्लाह ओढाएर सम्मान रिएको हो । उनिहरुलाई सम्मानसंगै आजै स्वास्थ्य शिबीर मार्फत उपचार समेत गरिएको छ ।

काम गरेर खाने श्रमिक बर्गको उपेक्षा भईरहेको समयमा उनिहरुको श्रमलाई सम्मान गर्नका लागि पनि यो कार्यक्रम गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । बिदेशमा जुनसुकै साना काम गरेपनि त्यसको उच्च मुल्याङन हुने तर नेपालमा भने सबैले हेप्ने परम्परा भएकाले श्रमिक महिलाहरुलाई सम्मान गरिएको उहाँको भनाइ छ ।

लैंगिक समानताका लागि समान सोच र व्यवहार, समृद्धीको आधार भन्ने मुला नाराका साथ कार्यक्रम गरिएको हो । मेयर महतले घर निर्माण गर्दै आउनुभएका डकर्मी प्रमिला कंडेल, पार्वती बतौला, सर्मिला राई, लेभर महिला गिता श्रेष्ठ र सुनिता श्रेष्ठलाई महतले प्रमाणपत्र, नगद र दोसल्लाह ओढाएर सम्मान गर्नुभयो ।

त्यसैगरी अटो मयुरी, टेम्पो, माईक्रो चालक महिलाहरु गंगाकुमारी थापा, लक्ष्मी बिक, तारा सुनार, मंगलीमायाँ प्रजा, मालती मोक्तान, गिता मैनाली, कोपीला गौतम, कुमारी राना,रिना मगर लगायतका ४२ जना चालकलाई सम्मान गरिएको छ ।

यस भन्दा अघि महिला दिवस समेत थाहा नपाएका आफहरुलाइ सरकारी निकायबाट दिँदा निकै खुसी लागेको निर्माणको क्षेत्रमा काम गर्दै आउनुभएकी लेभर गिता श्रेष्ठले  बताउनुभयो । श्रमिकको क्षेत्रमा काम गर्दा जुनसुकै समयमा पनि अपहेलीत भएको गुनासो गर्दै आएका महिलाहरुले आज सम्मान गरेकोमा खुसी ब्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै उपमेयर मिना लामाले हरेक क्षेत्रमा काम गर्दै आएको आफ्नो कार्यालयले अब देखि श्रमिक महिलाहरुको क्षेत्रमा पनि राम्रा काम गरेर देखाउनु पर्ने बताउनुभयो । श्रमिक महिलाहरुलाई पाठेघर, स्तन क्यान्सर लगायतका बिभीन्न रोगहरु देखाउनका लागि शिबिर गरेर उपचार समेत गरिएको मेयर महतले जानकारी दिनुभयो ।

शिबिरमा नेपाल परिवार नियोजन संघ मकवानपुर र सहकारी अस्पतालले प्राबिधिक सहयोग गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनीले श्रमिक महिलाहरुलाई सम्मान गरेर नमुनाको काम गरिएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी नेपालका अस्मिता श्रेष्ठले अब महिलाहरुको मनोबल उचाईमा पुगेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*