औद्योगिक व्यापार मेलामा अशोक, एआर र टंकले मच्चाए तहल्का

शुक्रबार कृष्ण काफ्ले, मिलन लामा, प्रिती आले लगायतका कलाकार आउने
छहारी संवाददाता
फाल्गुन २४, २०७५

पछिल्लो समयमा भाइरल बनेको गायक अशोक दर्जि, एआर बुढाथोकी र टंक बुढाथोकीले हेटौँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा तहल्का मच्चाएका छन् ।

अशोक दर्जी र एआर बुढाथोकीले 'रेलिमाई यो दिल भित्र तिम्रो फोटो राख्या छु सजाई' बोलको गीत गाएर दर्शकलाई नचाइ मेलाको माहोत तताएका थिए ।

'आमा भन्दा राम्री कोही छैन संसारमा', 'मन बिनाको धन ठुलो कि धन बिनाको मन', 'कसरी कसरी', 'दुई दुना चार', लगायतका गीत गाएर दर्शकलाइ नचाए ।

मेलामा शुक्रबार कृष्ण काफ्ले, मिलन लामा, प्रिती आले लगायतका कलाकार आउने आयोजकले जनाएको छ ।

त्यसैगरी पुरानो मेडिकल कलेजबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको टोलीबाट परीक्षण हुने संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका संयोजक कृष्ण कुमार अग्रवालले जानकारी दिएका छन् । मेलामा आज हेलिकप्टरमा १५ फ्लाइट सिटी टुर गरेको समेत जानकारी गराइएको छ ।

मेलाको करिब १७ हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*