यातायात क्षेत्रमा बढी भ्रष्टाचारः प्रदेश तीनका मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
फाल्गुन २३, २०७५

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्रमा बढी भ्रष्टाचार हुने गरेको बताउनु भएको छ ।

प्रदेश तीनको भौतीक पुर्बाधार विकास मन्त्रालयको आयोजनामा यातायात सेवाको नाम पंजिकृत गर्ने सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रमको आज हेटौंडामा उध्घाटन् गर्दै पौडेलले सरकाले गरेका सबै निर्णयहरु इातायात व्यवसायीहरुले कायान्वयन गर्नुपर्ने बताउनुभयो ।

यातायात ब्याबसायीहरुका लागि प्रदेश सरकारबाट गर्न सक्ने सबै काम गर्नका लागि आफुहरु तयार रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले यात्रुबाहक बसहरुमा अझै पनि बढी सेण्डीगेट भएको बताउनुभयो ।

कुनैपनि सवारीका संस्थाहरु प्रतिस्पर्धामा जानका लागि आग्रह गर्दै उहाँले भन्नुभयो–गैर नाफामुलक संस्था नचलाउनुस, कुनै पनि ब्याबसायमा प्रतिस्पर्धात गनै प¥योनी ? अहिले पनि कम्पनिमा जानका लागि किन सकिदैन ? मालबाहकको तुलनामा यात्रुबाहकमा अझै सेण्डीगेट छ ।’

सरकार यातायात ब्याबसायीहरुको बिरोधी नभईकन सपोटर भएको उहाँले स्पष्ट पार्नुभयो । यातायात ब्याबसायीहरुका समस्या समाधान गर्नका लागि आफुहरु तयार रहेको बताउँदै उहाँले सबै दोस सरकारलाई नदिईकन कानुन बनाई सकेको भएपनि संसोधन गर्नका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा यातायात ब्याबसायी, यातायात मजदुरहरु यातायात क्षेत्रमा आफ्ना परेका समस्याहरु राखेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*