आफुहरुको माग वेवास्ता गरिए जन संघर्ष हुने राप्रपा अध्यक्ष थापाको चेतावनी

छहारी संवाददाता
फाल्गुन २२, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले आफुहरुको मागलाई वेवास्ता गरिए जन संघर्ष हुने चेतावनी दिएका छन् ।

राप्रपाले जारी राखेको मेचि–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा आज हेटौँडामा भएको सभामा बोल्दै अध्यक्ष थापाले आफुहरुको मागलाई वेवास्ता गरिए तेश्रो जनआन्दोलन गर्ने चेतावनी दिए ।

नेपाललाई सनातन हिन्दुराज्य बनाउने अभियानमा जनसमर्थन ठुलो रहेको भन्दै अध्यक्ष थापाले आफुहरुले सनातन हिन्दु राज्यको स्थापनाको लागि जस्तोसुकै आन्दोलन समेत गर्न तयार रहेको बताए ।

केपी ओलि नेतृत्वको सरकारले लोकतन्त्रको आडमा भ्रष्ट्रचारहरुलाई प्रश्रय दिएको भन्दै अध्यक्ष थापाले वाइडबढी, सुनकाण्डको विषयमा अहिलेसम्म कुनै तथ्य बाहिर नआउनु शंकाको विषय भएको बताए । सरकारले नेपाललाई विखण्डन गर्ने मानसिकता भएकाहरुलाई निस्तेज पार्न नसकेको भन्दै उनले यस्तै अवस्था आए देशमा ठुलो संकट आउने बताए ।

यसैगरी राप्रपाका बरिष्ट नेता तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देलले कमल थापालाई झापाबाट जिताउने घोषँणा गरेका छन् । राप्रपाको मेचि–महाकाली राष्ट्रिय अभियान आन्र्तगत आज हेटौँडामा भएको आमसभामा बोल्दै नेता लिङ्देलल कमल थापाजस्तो ब्यक्तिलाई यहाको जनताले नबुझेको बताए ।

उनले भने तपाईहरुले किन कमल थापालाई हराउनु भयो, के यो ब्यक्तिको यो जिल्लाले तपाईको जुनिमा पाउन सक्छ ? यो कुनामा राजधानी ल्याउने मान्छे पाउनुहुन्छ ? आफ्नो नाभीमा भएको बास्ना थाहा नपाएर कस्तुरी डाँडाकाँडा हिडछ रे, तपाई आफ्नै नाभीमा भएको बास्ना थाहा नपाएर कहाँकहाँ भौतारिनुभएको छ ?” उनले भने यो देशको भविष्यको प्रधानमन्त्री हुने योग्यता भएको मान्छे मकवानपुरले साच्चै मन नपराएको भए झा पा लगेर जिताएर पठाउने भन्दै आफुहरुले यो मकवानपुर टेक्दा समेत गौरब महशुस हुने बताए ।

नेपालमा हिन्दु धर्मको विरोधमा विभिन्न भ्रमहरु सृजना गर्न खोजेको भन्दै उनले यस्तो भ्रममा नपर्न अनुरोध गरे । सनातन हिन्दु राज्य तथा राजतन्त्रलेमान देशको भलो गर्ने भन्दै उनले देशमा फेरिपनि राजतन्त्र फर्कने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*