आउँदो बर्षको बजेट नीति तथा कार्यक्रमबाट वृद्धभत्ता वृद्धि गरिन्छः मन्त्री ढुङ्गेल

छहारी संवाददाता
फाल्गुन २१, २०७५

प्रदेश ३ का आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आउँदो बर्षको बजेट नीति तथा कार्यक्रमबाट वृद्धभत्ता वृद्धि गरिने बताएका छन् । आज हेटौंडामा आयोजित एक कार्यक्रममा आर्थिक मामिला मन्त्री ढुङ्गेलले यस्तो बताएका हुन् ।

सोमबार हेटाँैडामा राजनीतिज्ञ एमाले नेता केदार न्यौपानेका दिब्य सेवाका गितहरु विमोचन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार वृद्धवृृद्धा तथा बालबालिकाप्रति उत्तरदायी सरकार रहेको बताएका हुन् ।

मन्त्री ढुङ्गेलले सरकारले विकास निर्माण र दीर्धकालिन महत्वको योजनाहरुमाथि काम गरिरहदाँ पनि नेपाली काङ्ग्रेसले सरकारले काम गरेन , सरकार कहाँ छ भनेर जनतामा भ्रम सिर्जना खोजेको दावी गरे ।

सजल न्यौपानेद्धारा संगीतवद्ध तथा गाईएको ६ वटा गित संग्रहीत गरिएको दिब्यसेवाका गितहरु विमोचन कार्यक्रममा मन्त्री ढुङ्गेल पार्टीले भने अनुसार, बृद्ध भत्ता वृद्धि हुने बताएका हुन् ।

कार्यक्रममा पुर्व संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, दिब्यसेवा निकेतनका अध्यक्ष चम्फु सिँह वाईवा लगायत उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*