गायक शिव परियारले आज राट्रिय औद्योगिक व्यापार मेला तताए

भोली ‘मुखमा हान्नु जस्तोे’ र ‘राता मकै आउने’
छहारी संवाददाता
फाल्गुन २१, २०७५

हेटौंडाको क्याम्पा चौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको तेश्रो दिन आज प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले अवलोकन गर्नु भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट सुरु भएको मेलामा आज तेश्रो दिन करीब २० हजार दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

आज मेलामा गायक शिव परियार लगायतले प्रस्तुति दिएका थिए । मेलाको चौथो दिन भोलि फागुन २१ गते शिवहरि पौडेल, किरण केसी लगायतका कलाकारहरुको प्रस्तुति रहने संघका प्रवक्ता काव्यमणी अधिकारीले जानकारी दिनुभयो ।

आगामी फागुन २८ गते सम्म चल्ने मेला भएको आम्दानीबाट संघले हेटौंडामा सुविधा सम्पन्न अतिथि गृह निर्माण गर्ने जानाएको छ ।

मकवानपुरका स्थानीय उत्पादनलाई प्रबद्र्धन तथा प्रदर्शन गर्न र आफ्नो कला, संस्कृतिलाई प्रबद्र्धन,संरक्षण गर्नका लागि मेलाको आयोजना गरिएको संघले दाबी गरेको छ । दैनिक साँस्कृतिक कार्यक्रमका साथमा बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*