नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन

छहारी संवाददाता
फाल्गुन १९, २०७५

पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा आजराति निधन भएको हो । अधिकारीका श्रीमती र तीन छोरी छन् ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

अधिकारीको स्वास्थ् अवस्था बुझुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु अस्पताल पुग्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*