नेल्टाको राष्ट्रिय समेलनमा ५५ जिल्लाका अग्रेजी बिषय अध्यापन गराउने करिब ८ सय शिक्षकको उपस्थिती

छहारी संवाददाता
फाल्गुन १९, २०७५

नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसियसन ९नेल्टा०राष्ट्रिय समेलन आज देखि हेटौंडामा सुरु भएको छ । नेल्टा प्रदेश नंम्बर ३ को आयोजानमा समेलन सुरु भएको हो ।

समेलनको उध्घाटन् गर्दै तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रेजी बिषयको धेरैनै महत्व रहेको बताउनुभयो । अग्रेजी भाषा अन्तराष्ट्रिय भाषा भएकाले यसमा सबैको ज्ञान आबस्यक रहेको बताउनुभयो । अग्रेजीको महत्व जुनसुकै देशमा गएपनि उत्तिकै रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नेल्टाले देशैभरी यस्ता कार्यक्रमलाई लगेर अग्रेजी भाषालाई प्रभाबकारी बनाउनुपर्ने बताउनुभयो । भोली सम्म चल्ने समेलनमा  देशका ५५ जिल्लाका अग्रेजी बिषय अध्यापन गराउने करिब ८ सय शिक्षकहरुको उपस्थिती रहेको नेल्टा प्रदेशनंमबर ३ का अध्यक्ष गणेश प्रसाद हुमागाईले बताउनुभयो ।

नेल्टा केन्द्रले प्रत्येक वर्ष काठमाण्डौमा अंग्रेजी भाषा शिक्षकहरुको ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने गरेको छ । नियमित अन्तराष्ट्रिय सम्मेलन यसपटक काठमाण्डौमा नभई नेल्टा प्रादेशिक समिति प्रदेश नंं। ३ को आयोजनामा २ दिने राष्ट्रिय सम्मेलनको आयोजना हेटौंडामा गरिएकोे हो ।

सम्मेलनमा १० भन्दा बढी राष्ट्रका विभिन्न तहमा अध्यापन गर्ने शिक्षक, प्राध्यापक, प्रशिक्षक, लेखक, पाठ्यक्रम निर्माता तथा अंग्रेजी भाषा विशेषज्ञहरुको उपस्थिति रहेको  अध्यक्ष हुमागाईले बताउनुभयो ।

सम्मेलनमा देशका ७ प्रदेश अन्तर्गत रहेका करीव ५५ जिल्लाका विभिन्न भागबाट प्राथमिक देखि विश्वविद्यालय तहमा अध्यापन गर्ने शिक्षक तथा प्राध्यापक, अंग्रेजी भाषा विशेषज्ञ, प्रशिक्षक, लेखक, पाठ्यक्रम निर्माता र अंग्रेजी अध्ययन गर्ने विद्यार्थीहरु गरी ८ सय जना भन्दा बढीकोे सहभागिता गरिएको उहाँले बताउनुभयो ।

अंग्रेजी भाषा शिक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अवलम्बन गरिएका नविनतम ज्ञान, सीप, प्रविधि  सम्बन्धी अनुभव साटासाट गर्न उपयुक्त मञ्च प्रदान गरी अंग्रेजी भाषा शिक्षणको गुणस्तरमा बृद्धि गर्नु यस सम्मेलनको उद्देश्य रहेको छ ।

नेल्टाका केन्द्रीय समिति पदाधिकारीहरु, सदस्यहरु संगै अग्रेजी भाषाका बिज्ञ प्राध्यापक डाक्टर जयराज वस्ती, प्राध्यापक डाक्टर अभि सुबेदी लगायतका एक दर्जन भन्दा बढी प्राध्यापकहरुले अंग्रेजी शिक्षण पद्धतिमा प्रयोग भइरहेका विधिहरुको रुपान्तरणले एक्काइसौं शताब्दीका कक्षा कोठाका आवश्यकताको पूर्ति कसरी गर्दछ भन्ने मुख्य विषयवस्तुका बारेमा २ मुख्य वक्ताहरुले भनाइ राख्नुहुने कार्यक्रम तय भएको नेल्टाका प्रदेश ३ का महासचिब किशोर पराजुलीले बताउनुभयो । वर्तमान अवस्थामा अंग्रेजी शिक्षणका विभिन्न जल्दाबल्दा मुद्दाहरुको बारेमा बृहद छलफल गरिने उहाँले बताउनुभयो ।

विशेषगरि एक्काइसौ शताब्दीमा प्रविधि बीच हुर्किरहेका हाम्रा बालबालिकाहरुलाई सिकाइ प्रक्रियामा सहभागी गराई प्रभावकारी ढंगले शिक्षण गराउन आवश्यक शिक्षण विधिहरुको कार्यशालामा विमर्श हुनेछ । अंग्रेजी शिक्षकहरुको यस राष्ट्रिय सम्मेलनका मुख्य वक्ताहरु एक दर्जन भन्दा बढी रहेका छन् ।

मुख्य वक्ताहरु बाहेक सम्मेलनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय  तहका अंग्रेजी भाषा विशेषज्ञहरुद्वारा भाषा शिक्षण सम्बन्धी १ सय ७५ भन्दा बढी विशेषज्ञहरुबाट कार्यपत्र तथा कार्यशाला प्रस्तुतिकरण गरिनेछ अध्यक्ष हुमागाईले बताउनुभयो ।

यो राष्ट्रिय सम्मेलनले समग्र जिल्लाकै शैक्षिक वातावरणलाई सकारात्मक रूपमा प्रभावित पार्ने र विशेषगरी यस जिल्लाका अंग्रेजी भाषा शिक्षकहरूको लागि बढी महत्वपूर्ण हुने अपेक्षा गरेको नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*