मेलामा अश्लिलता प्रर्दशन गर्ने खालका कलाकार ल्याउने कार्य बन्द गर्नुस्ः मुख्यान्त्री पौडेल
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले एक महिना भित्रै प्रदेशको राजधानीको विषय टुङ्ग्याइने दाबी गर्दै यस विषयमा फेरी छलफल गरीरहनु नपर्ने बताउनु भएको छ ।
मकवानपुर उद्योग बाणिज्यसंघको आयोजानमा हेटौंडाको क्याम्पाडाँडा चौरमा आज देखि सुरु भएको राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उध्घाटन गर्दै उहाँले आफू प्रदेशको मुख्यमन्त्री भएकै कारण राजधानीको विषय यति धेरै चर्चामा आएको समेत बताउनुभयो ।
उनले भने– "कतिपयले म मुख्यमन्त्री भएकै कारण राजधानी अन्त लान लागेको भनेर पनि व्याख्या गरे, तर याद गर्नुस् मेरै कारणले राजधानी अन्त नसारिएको हो ।" सकभर हेटौंडानै कायम गर्दा उत्तम हुन्छ ।, तर राजधानी विधि र प्रकृया अनुसार कहाँ राख्ने तय हुने भएकोले आफ्नो प्रयासले मात्रै केही नहुने उहाँको भनाइ छ ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले एक बर्षमा धेरै काम गरिसकेको दोहोर्याउदै अब बाँकी ४ बर्षमा मुलुकले काँचुली फेर्ने दाबी पनि गर्नुभयो । " ४ बर्षमा प्रदेश सरकारका कामको परिणाम देख्नुहुनेछ अनि बल्ल थाहा पाउनुहुनेछ समृद्धी भनेको यस्तो रहेछ भनेर" उहाँले भन्नुभयो । सानातिना काम स्थानीय सरकारले गर्ने, ठूला कामहरु प्रदेश सरकारले गर्ने र केन्द्रीय सरकारसंग निरन्तर सहकार्यमा रहँदामात्रै मूलुकले विकासको गतिलिने उहाँको भनाई छ ।
मेला आयोजनाको विषयमा बोल्दै मुख्यमन्त्री पौडेलले अश्लिलतालाई स्विकार्न नसकिने भन्दै औद्योगिक व्यापार मेलामा मानिसको अपस्थिति बढाउन उछृंखल गतिविधि देखाउने राष्ट्रिय कलाकार ल्याए कदापी नसहने बताउनु भयो ।
उहाँले अश्लिलता प्रर्दशन गर्ने खालका कलाकार ल्याउने कार्य बन्द गर्न आफुले दिएको निर्देशन उद्योग वाणिज्य संघले पालना गरेकोमा धन्यवाद पनि दिनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कट्टवालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डी राज ढकाल, प्रदेश नम्बर ३का संसद मुनु सिग्देल, जि स स मकवानपुर प्रमुख रघुनाथ खुलाल, संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गी, संघ मकवानपुर पुर्व अध्यक्ष हिटलर बिशेष, कांग्रस मकवानपुरका सचिव आनन्द कठायत, वडा नम्बर ५ का वडाअध्यक्ष राजेश बानिया लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मेला उदघाटन अघि बुद्ध चोकबाट मेला स्थल क्याम्पा चौर सम्म शोभा यात्रा गरिएको थियो । फागुन २८ गते सम्म चल्ने मेलामा बोटिङ, हेलिकप्टरबाट सिटी टुर, बाल उद्यान, रोटेपिङ घोड चडी सहित ४ सय ४४ स्टल रहेका छन् ।







