प्रदेश तीन सरकार र चाईना एकेडेमि अफ एग्रीकल्चर मेकानाईजेसन साईन्सेस बीच दुग्ध जन्य क्षेत्रमा सहकार्य गर्ने सम्झौता
रुलर यरिया पोभर्टिज रिडक्सन बाइ डेरी डेभलपमेन्ट इन नेपाल फेज वन र फेज टु आयोजना संचालनका लागि प्रदेश तीन सरकार भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र चाईना एकेडेमि अफ एग्रीकल्चर मेकानाईजेसन साईन्सेस बीच सम्झौता भएको छ ।
दुग्ध जन्य क्षेत्रमा सहकार्य गर्ने गरी आज एक कार्यक्रम गरी प्रदेशको भुमि ब्याबस्था, कृर्षि तथा सहकारी मन्त्रालयका निमीत्त सचिब निर्मल गदाल र साईन्सेसका प्रमुख ईन्जिनियर उडिसीङ बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा दुबै पक्ष बिचमा हस्ताक्षर सम्पन्न भएको हो ।
एउटा गाईले दिनमा ३० लिटरसम्म दुध दिने नस्ल सुधार भएको गाईलाई प्रदेश तीनमा भित्रयाएर गरिवी निवारण गर्ने तयारी भएको प्रदेश तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।
एक बर्षमा प्रदेश तीनका १३ वटै जिल्लामा नस्ल सुधार भएका धेरै दुध दिने गाई भित्रयाउन लागिएको मन्त्री ढुंगेलको भनाई छ ।
यस्तै भुमी, कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चिनले गाईमा आधारित दाना उद्योग संचालन, दुग्ध जन्य उत्पादन, यसको बजारीकरण र पशु स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो ।
गरिबी निवारणका लागि प्रदेश तीन सरकारले दुग्ध विकास परियोजान अन्तरगत चिनबाट ४ हजार गाई ल्याउने छ । चिनबाट ल्याइने एउटा गाईको मुल्य ३ लाख रुपैयासम्म पर्छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भुमी, कृर्षि तथा सहकारीमन्त्री दावा दोर्जे लामा,मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार जगन्नाथ थपलिया, लगायतकाको उपस्थिती रहेको थियो ।







