आजदेखि हुने भनिएको औद्योगिक व्यापार मेला वर्षाका कारण प्रभावित, उद्घाटन १८ गते हुने

मकवानपु् उद्योग वाण्ज्यि संघले आजदेखि गर्ने तयारी गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला वर्षाका कारण प्रभावित भएको छ ।
गएरातिको बर्षाले मेला स्थलमा १ फिट भन्दा बढि पानी जमेको र हावाहुरीले स्टलमा समेत क्षती पुयाएकोले मेला उदघाटन १८ गते शनिवार मात्रै मेलाका प्रवक्ता काव्यमणी अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीले मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमितिको बैठकले मेलाको उद्घाटन १८ गतेलाई तय गरेको जानकारी दिनु भएको हो । गएरातिको वर्षाले मेला जाने स्थलको बाटोमा र ५० भन्दा बढी स्टलमा क्षती पुगेको छ ।







