मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, भोलि शोक मनाउन सार्वजनिक बिदा

छहारी संवाददाता
फाल्गुन १६, २०७५

सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ ।

ताप्लेजुङमा आज भएको हेलिकप्टर दुघर्टनामा ज्यान गुमाएका अधिकारीको सम्मानमा भोलि देशैभर शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय पनि भएको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले जानकारी दिनुभयो ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेका दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै सरकारले हेलिकप्टर दुघर्टनाको जाँचबुझ गर्न ४ सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ । जाँचबुझ समितिमा पूर्व सचिव यज्ञप्रसाद गौतम,  नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, अवकास प्राप्त क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्दिसागर लामिछाने रहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*