पर्यटन मन्त्रीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटियोः प्रहरी

शवको पहिचान हुन बाँकी
छहारी संवाददाता
फाल्गुन १५, २०७५

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

पाथीभरा दर्शन गरेर फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । शवको पहिचान हुन बाँकी छ ।

हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, वीरेन्द्र बुढाथोकी र अर्जुन घिमिरे रहेका थिए ।

हेलिकोप्टर पाइलट प्रभाकर केसीले उडाएका थिए । अनलाइनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*