बालबिबाह रोक्न पहल गर्ने हेटौंडाका जनप्रतिनिधिहरुको प्रतिबद्धता

महिला माथी हुने लैङगिक हिंसा न्युनिकरण गर्दै बालबिबाह हुनबाट रोक्नका लागि पहल गरिने हेटौंडाका जनप्रतिनिधिहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा नगरस्तरिय लैङगिक हिंसा निवारण तथा बालबिवाह उन्मुलन सम्बनधी कार्ययोजना तर्जुमा गोष्ठीका अबसरमा जनप्रतिनिधिहरुले यस्तोकुरा बताएका हुन् । कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यस नगरलाई बालबिवाह मुक्त नगर बनाएरै छाड्ने बताउनुभयो ।
बालबिवाहका घटना बिभीन्न सामाजिक संजालका कारण बढेकाले यसलाई न्युनिकरण गर्नका लागि आफु लागिपरेको उहाँले बताउनुभयो । अझैपनि बिभीन्न कारणबाट लैङगिक हिंसा हुने गरेको बताउँदै उहाँले भन्नुभयो–लिङगका आधारमा बिभेद गरेर हुने हिंसा सहन नसकिने भउकाले कानुनी उपचार संगै जनचेतना फैलाउनका लागि पनि आफुहरु लागिपरेको मेयर महतले बताउनुभयो ।
कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना लामाले अब बालबालिका मैत्री नगर बनाउनका लागि आफुहरु लागिपरेको बताउनुभयो । अहिले सम्म यसक्षेत्रमा लगानी गरेपनि धेरै उपलब्धी हुन नसकेकाले उपलब्धी मुलक कार्यक्रम बनाउन आफुहरुले खर्च गर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमीरे, उपमहानगरपालिकाका एक दर्जन वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य, बिभीन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।







