रक्तदान जीवन दान

छहारी संवाददाता
फाल्गुन ७, २०७५

नारायणी यातयात ब्यबसायी संघ हेटौंडाले ६९ औँ प्रजातन्त्र दिवसका अबसरमा मंगलबार रक्तदान कार्यक्रम गरेको छ ।

हेटौंडाको बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रममा प्रदेश ३ का आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको प्रमख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्त्रि जमरकट्टेलले यातयात ब्यबसायीहरुले सामाजीक दायीत्व निर्वाह गरेकोमा धन्यवाद दिनुभयो । यातयात ब्यबसायी क्षेत्रमा देखिएको समस्याबारे समाधान गर्न सरकार निरन्तर लागी परेको बताउदै उहाँले सबै मिलेर प्रदेशको बिकाशमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

केही ऐन नियमहरु परिमार्जन गर्नुपर्ने भएकाले विकास निर्माणका कामहरु गर्न अप्ठयारो भैरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश ३ का सांसद प्रेम बहादुर पुलामी, मुनु सिग्देल, नेपाल रेडक्रस सोसाईटी मकवानपुरका सभापती सुर्य चन्द्र न्यौपाने, जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सामाजीक दायित्व बहन गर्दै नारायणी यातयात व्यवसायी संघले रक्तदान कार्यक्रम आयोजना गरेको संघका महासचिब सरोज खनालले बताउनु भयो । कार्यक्रममा ८४ जनाले रक्तदान गरेका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*