आज माघ शुक्ल पूर्णिमा, श्रीस्वस्थानी व्रत समापन गरिँदै

छहारी संवाददाता
फाल्गुन ७, २०७५

आज माघ शुक्ल पूर्णिमा । पूजाआजा गरी श्रीस्वस्थानी व्रत समापन गरिँदैछ ।

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा पढ्दै र सुन्दै आएको श्रीस्वस्थानी व्रतकथा आज सकिन्छ ।

व्रत समाप्तिका दिन आज श्रीस्वस्थानीको पूजा गरी चढाइने १ सय ८ रोटी, १ सय ८ पान, १सय ८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई दिने, श्रीमान् नभए छोरालाई दिने, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने चलन छ ।

एक महिनासम्म  पशुपति, गौरीघाट, गणेश मन्दिर, शाली नदी तथा सतीदेवीका अङ्ग पतन भएको भनिएका ठाउँमा पूजा गर्नेको घुइँचो लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*