‘तेस्रो निर्वाचन दिवस मनाइँदै

छहारी संवाददाता
फाल्गुन ७, २०७५

आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ’ भन्ने नाराका साथ आज तेस्रो निर्वाचन दिवस मनाइँदैछ । २०१५ साल फागुन ७ गते आमनिर्वाचनका लागि पहिलो पटक मतदान भएको दिनलाई आधार मानेर निर्वाचन आयोगले निर्वाचन दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा दिउँसो २ बजेपछि आयोगको कार्यालय परिसरमा विशेष समारोह आयोजना गरिएको निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो । समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुनेछ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*