तात्कालिन दलहरुले राजसस्था राख्ने सहमति गरेका थिएः राज सस्था बादी बृहत युवा समूहका केन्द्रीय संयोजक किशोरी महतो
राज सस्था बादी बृहत युवा समूहका केन्द्रीय संयोजक किशोरी महतोले तात्कालिन राजा ज्ञानेन्द्र शाह र दलहरु बीच राजसस्था राख्ने सहमति भएको दाबी गर्नुभएको छ ।
हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयोजक महतोले उक्त सहमतिको कागज छिट्टै जनताको हातमा पुग्ने पनि दाबी गर्नुभयो ।
उहाँले तत्कालिन गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल सहितको नेतासँग अन्तरिम संविधानमा राजतन्त्र राख्ने सहमति भएको उहाँको भनाइ छ । महतोले राजाको सहयोगले मात्रै गणतन्त्रको आन्दोलन सफल भएको भन्दै त्यतिबेला राजाले चाहेको भए दमन गरेर भएपनि राजसस्था जोगाउने जिकिर गर्नुभयो ।
राजालाई हटाएर नेपालको राजनीतिक दलहरुले धोका दिएको भन्दै संयोजक महतोले त्यतिबेला राजा ज्ञानेन्द्रलाई निरिह बनाइएको टिप्पणी गर्नुभयो ।
उहाँले त्यतिबेला राजतन्त्रको विषयमा बोल्ने कोहिपनि नहुँदा समस्या भएको भन्दै उहाँले देशलाई एकजना सर्वमान्य नेता आवश्यक रहेको र त्यो एक मात्र विकल्प राजा भएको जिकिर गर्नुभयो । आफुहरुले प्रजातान्त्रीक राजसस्थाको परिकल्पना गरेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै राज सस्था बादी बृहत युवा मोर्चाका केन्द्रीय प्रतिनिधि महेश मगरले राजाविना देशको विकास र समृद्धि संभव नभएको बताउनुभयो । राजा नहुँदा देशमा लुटतन्त्र मच्चीएको भन्दै उहाँले राजाको विकल्प नभएको दाबी गर्नुभयो ।







