३० किलो चरेससहित मकवानपुरका तीन जना पक्राउ

छहारी संवाददाता
फाल्गुन ६, २०७५

प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० किलो चरेससहित मकवानपुरका तीन जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर थाहा नगरपालिका ७ बस्ने ३६ वर्षीय राजकुमार स्याङ्तान, ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन् ।

आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*