चार बर्षमा प्रदेश ३ का १३ ओटै जिल्लालाई सहयोगापेक्षि सडक मानब मुक्त जिल्ला घोषणा गछौं–मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
फाल्गुन ५, २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सडकमा कष्टकर जिवन बिताउन बाध्य नागरिकको उद्धार गरी पालन पोषण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।  

मकवानपुर जिल्ललाई आज सहयोगापेक्षि सडक मानब मुक्त जिल्ला घोषणा गर्दै मुख्यमन्त्री पौडेलले सबै नागरिकले गाँस, बास र कपास पाउनुपर्छ भन्ने मान्यताका साथ यो सरकारले काम गरिरहेको बताउनुभयो ।

मानब सेवा आश्रमलाई यो बर्ष प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको बताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–हामिहरु सडक मानब मुक्त भनेर घोषणा मात्र गदैनौं कार्यन्वयन गरेर देखाउँछौं, प्रदेश सरकारको यो बर्षको निति कार्यक्रमबाट नै सहयोगापेक्षि सडक मानब मुक्त जिल्ला घोषणा कार्यक्रम गरेका हौ ।’ चार बर्ष भित्रमा प्रदेश ३ का १३ ओटै जिल्लालाई सहयोगापेक्षि सडक मानब मुक्त जिल्ला घोषणा गरेर कार्यनयनमा लैजाने पनि मुख्यमन्त्री पौडेलले दाबी गर्नुभयो ।

कार्यक्रममा मकवानपुर क्षेत्र नंम्बर २ का सांसद बिरोध खतिवडाले बिभीन्न अपराधमा संलग्नहरुलाई जेलमा राखेर नाना, खाना, पानी, बिजुली सबै सेवा दिन सक्ने सरकारले निरपअराधि, बेसहारा बनेर सडकमा कष्टकर जिवन बिताई रहेकाहरुलाई पनि अब जिम्मा लिएर ब्याबस्थापनको काम गर्नुपर्ने बताउनुभयो । अब सधै आश्रम खोलेर सहयोग गर्ने काम भन्दा पनि परिवारलाई जवाफदेहि बनाउन तर्फ पनि सरकार लाग्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले अब बेसहाराका लागि प्रदेश सरकार सहारा बन्ने बताउनुभयो ।

कार्यक्रममा यस प्रदेशका सामाजिक बिकाशमन्त्री युवराज दुलालले सामाजिक दायित्व बिहीनको सरकार हुन नसक्ने भएकाले सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि पनि यो कामको सुरुवात गरिएको बताउनुभयो ।

प्रदेश सरकारले बेसहाराहरुलाई सहारा दिनका लागि कुनै कन्जुस नगर्ने उहाँको भनाई छ ।
प्रदेश ३ का प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाले मानबताको कार्यमा सबैलाई एक भएर लाग्न आग्रह गर्नुयभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*