प्रदेश ३ मा माघ १६ गते शहिद दिवसका दिन सार्बजनिक बिदा

छहारी संवाददाता
माघ १५, २०७५

प्रदेश ३ सरकारले माघ १६ गते शहिद दिवसका दिन सार्बजनिक बिदा दिने भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शहिदहरुको सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो । 

यस्तै बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण ऐन २०७४ लाई संसोधन गर्न बनेको बिधेयक स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको विशेष अनुदान अन्तर्गतका योजना तथा कार्यक्रम स्विकृत गर्ने, नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदका योजना पठाउने समेत निर्णय गरेको छ ।

भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले पेस गरेको सामुहिक खेती प्रबर्द्धन कार्यक्रम कार्यन्वयन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने, कृषि वन प्रबर्द्धन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ ।

सामाजिक बिकास मन्त्रालयले पेस गरेको प्रदेश आपतकालीन बाल संरक्षण कोष कार्यृविधि २०७५ स्विकृत गर्ने संघीय सरकार अन्तर्गत ३ नम्बर प्रदेश भित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ चितवन मा रहेका महिला तथा वालबालिका कार्यालयका भवन तथा निर्माणाधिन भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*