मकवानपुर गढीको संरक्षण र सुरक्षा गर्नु जरुरी– राष्ट्रपति भण्डारी

छहारी संवाददाता
माघ १०, २०७५

राष्ट्रपति बिद्यादेबि भण्डारीले मकवानपुर गढीको संरक्षण र सुरक्षा गर्नु जरुरी रहेको बताउनुभएको छ ।

मकवानपुरको गढी गाउँपालिकामा रहेको ऐतीहासीक मकवानपुर गढीको २ सय ५६ औ बिजय उत्सबका समारोहको आज उध्घाटन् गर्दै भण्डारीले बिभीन्न राष्ट्रिय मार्गहरुले जोडिएको गढीको अझै महत्व भएको बताउनुभयो । मकवानपुरमा रहेका बिभीन्न गढी, ऐतीहासिक र पुरातात्वीक क्षेत्रको संरषण गरिनुपर्ने उहाँले बताउनुभयो । 
"IMG20190124124353-1548331252.jpg"

नेपाल सरकारले पनि गढीको संरक्षणका लागि र यस क्षेत्रको वन क्षेत्रको संरक्षण गर्नका लागि काम गरिरहेको राष्ट्रपति भण्डारीले बताउनुभयो । मकवानपुर गढीमा भएको एकीकरण र बिजयप्राप्तको दिनले पनि अहिलेको सार्बभौम मुलुक बनेको उहाँले स्मरण गराउनुभयो ।

नेपालको ईतिहासमा मकवानपुर गढीको महत्व दर्साउनु राम्रो कुरा रहेको बताउँदै उहाँले भन्नुभयो–नेपालको इृतिहासमा जिवनको आहुती दिनेहरुप्रति श्रदासुमन पनि छ । ऐतीहासिक धरोहरमा रहेको मकवानपुर गढीको संरक्षण गर्नु अहिलेको आबस्यक्ता रहेको छ ।’ ]

गढीले २ सय ५६ औ बिजय उत्सब मनाएकोमा भण्डारीले बधाई समेत दिनुभयो । अब जलवायु परिबर्तनलाई न्युनिकरण गर्दै जलवायु अनुकुलन हुनेगरी पुर्बाधारहरु निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

यस जिल्लामा पुर्बाधारको निकै बिकाश भएको स्मरण गराउँदे भण्डारीले भन्नुभयो– हेटौंडाको शहिद स्मारकको पनि निकै बिकाश भएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा उर्जासिल युवाहरुलाई रोजगारी दिलाउन सकेको छ ।’ नेपाल भौगोलिक संम्पदाले भरीएको देश भएको उहाँको भनाई छ । नेपालमा पहाडको समस्या होईन पहाडबाटनै धेरै खालका संभाबना रहेको उहाँको भनाई छ । अहिले तराई र पहाडको संरक्षण गरिनुपर्ने बताउँदे उहाँले चुरे संरक्षणका लागि पनि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले संघिय नेपालको सातवटै प्रदेश खुलेको नेपालको नक्सा अनाबरण गर्नु भएको छ । यता झण्डातोलन समेत गर्नुभएको छ । 
"IMG_0335-1548331429.JPG"

कार्यक्रममा तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिदेसी सेनालाई नेपाली सेनाले पराजित गरेको अबसरमा बिजय उत्सब मनाइएको बताउनुभयो । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई बिशेष महत्व दिएको उहाँले बताउनुभयो । आफुहरुले यसैबर्ष पर्यटन मार्ग र पदमार्ग निर्माण गर्न लागिएको बताउनुभयो । अहिले प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ल्याएको बजेटको कार्यनयन गरिरहेको बताउनुभयो । 
 

कार्यक्रममा मकवानपुर गढीका खोजकर्ता केदार प्रसाद न्यौपाने र बद्रीप्रसाद खतिवडालाई राष्टपति बिद्यादेबि भण्डारीले दोसल्लाह ओढाएर सम्मान गर्नुभयो ।

यसैगरी हाफ म्याराथुन बिजेतालाई पनि आजै उहाँले पुरस्कृत गर्नुभएको छ । मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा तीन नंम्बर प्रदेश प्रमुख अनुराधा कोईराला, सभामुख सानुकुमार श्रेष्ट, मकवानपुर क्षेत्रनंमबर २ का सांसद बिरोध खतिवडा, तीन नंम्बर प्रदेशका मन्त्रीहरु कैलाश ढुंगेल, शालिकराम जमरकटेल, दावा लामा, अरुण नेपाल, प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, बिभीन्न मन्त्रालयका सचिबहरु, कार्यालयका प्रमुखहरु, स्थानिय तहका जनप्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*